५ चैत, काठमाडौं । खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमालेनिकट अनेरास्ववियु प्यानलै विजयी भएको छ ।
साकेला गाउँपालिका रतन्छा खोटाङ्गमा रहेको सो क्याम्पसको स्ववियु सभापतिमा यामकुमार खड्का विजयी भएका छन् ।
यस्तै सचिवमा रमिता फुयाँल, कोषाध्यक्षमा सरला राई, सदस्यमा रिता खड्का कविता दुलाल र उमा विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताए ।
खोटाङमा निर्वाचन हुने ६ वटा क्याम्पसमध्ये ५ वटामा विवादका कारण स्ववियू निर्वाचन स्थगित भएको छ ।