|  

आयोगले बुझायो राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन

५ चैत, काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन्।

त्यसक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडी उपस्थित थिए।