५ चैत, काठमाडौं । सप्तरीमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
आइतबार दिउँसो १ बजे तिलाठी कोइलाडी गाउँपालिका-१ खाडोखोलास्थित बोर्डर इलाकाबाट एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुरूषोत्तम थापाले जानकारी दिए ।
बिओपी तिलाठी र प्रहरी चौकीबाट खटिएको टोलीले भारतबाट नेपाल पैदल हिँडिरहेका एक पुरूषबाट पेस्तोल बरामद गरेको हो। सप्तरी छिन्नमस्ता गाउँपालिका-२ मौवा बस्ने २८ वर्षीय सोनु रायलाई पक्राउ गरेको हो।
उनले कम्मरमा मेड इन युएसए लेखिएको पेस्तोल बोकेका थिए।साथै सप्तरीको राजविराजबाट २८ वर्षीय रोशन यादवलाई पनि शंका लागेर पक्राउ गरेको छ।