५ चैत, काठमाडौं । डोटी जिल्लामा रहेको डोटी बहुमुखी क्याम्पसको मतदान रोकिएको छ।
दिपायल सिलगढी नगरपालिकामा रहेको डोटी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनअन्तर्गत भइरहेको मतदान प्रक्रिया रोकिएको हो।फर्जी मत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि मतदान रोकिएको हो।
क्याम्पसको गेटमा विद्यार्थीहरुले विरोध प्रर्दशन गरिरहेका छन्।आक्रोशित विद्यार्थीहरुले गेट नाघ्ने प्रयास गरिरहेका छन् भने प्रहरीले रोक्ने प्रयास गरिरहेको छ। विवाद उत्पन्न भएपछि डोटी क्याम्पसको अवस्था तनावपूर्ण बनेको छ।