५ चैत, काठमाडौं । सप्तरी प्रहरीले गोबरगाढाबाट १ सय ८४ किलो गाँजा नियन्त्रणमा लिएको छ ।
शनिबार राति हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाको छतौनीबाट घोडामा राखेर भारततर्फ लगिरहेको अवस्थामा १ सय ८४ किलो गाँजा नियन्त्रणमा लिइएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलीलाई देखेपछि तस्करहरु घोडा र गाँजा छाडी फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको गाँजा कार्यालयतर्फ ल्याउने क्रममा केही व्यक्तिहरु समूह नै बनाएर प्रहरीबाट गाँजा खोस्ने प्रयास गरेको थियो ।भीडलाई तितरवितर पार्न प्रहरीले एक राउण्ड हवाई फायर गरेपछि सो समूह भागेको डिएसपी सिंहले बताए ।