|  

प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्ता

५ चैत, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।

पार्टीको सचिवालय बैठक सकेर अध्यक्ष नेपाल प्रधानमन्त्री भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै छन् ।

एकीकृत समाजवादीले विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । आज दिउँसो बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिएर सरकारमा सहभागी हुने र संसदमा सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको थियो ।