५ चैत, काठमाडौं । त्रिभुवन विश्वविध्यालय अन्तर्गत सुर्खेतका ३ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको पुरै प्यानल विजयी भएको हो ।रेग्मीले प्रतिद्वन्द्वी नेविसंघका खगेन्द्र सापकोटा लाई ८ मतको अन्तरले पराजित गरेका हुन् ।
यस्तै, वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको पुरै प्यानल विजयी भएको छ ।त्यस्तै, हिम शिखर बहुमखी क्यामपस रामघाट पनि अनेरास्ववियुकी सृजना रसायलीको नेतृत्वमा निर्विरोधरुपमा स्ववियुको नेतृत्व चयन भएको छ ।