|  

नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ

५ चैत, काठमाडौं ।  प्रहरीले नेपाली नक्कली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना सोहरतगढ ग्राम अतरी बस्ने ३२ वर्षीय फैसल अहमद र सोही स्थानका ४२ वर्षीय बिनोद यादव रहेका छन् ।

प्रहरी चौकी मर्यादपुर कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ हजार दरका १३ वटा नक्कली नोट बरामद गरेको छ ।