|  

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु 

८ चैत, काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका-४ डाडाटोलकी ५० वर्षीया अमिना खातुन रहेकी छन् ।आज बिहान ९ बजे आफ्नो घरको शौचालय छेउमा थुपारी राखेको जस्तापत्ता एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा विद्युतको पोलमा प्रसारण भएको बिजुलीको नाङगो तारमा छोई करेन्ट लागेको थियो ।

करेन्ट लागेर सिकिस्त भएकी उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।