|  

सल्यानमा घरबाट खसेर एक जनाको मृत्यु

९ चैत, काठमाडौं । सल्यानमा काम गर्ने क्रममा घरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका १ दारिमचौर घर भएका अन्दाजी ४४ वर्षीय डिल्लीबजार चनाराको मृत्यु भएको हो । शारदा नगरपालिका १ श्रीनगरस्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्‍याङबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर खसेका उनको जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चनाराको टाउको गहिरो चोट लागेको थियो । टाउकोमा चोट लाग्दा उनी बेहोस भएका थिए । छतबाट खस्नेबित्तिकै स्थानीयले उनलाई परोपकार अस्पताल श्रीनगरमा उपचारका लागि लगेका थिए ।

त्यसपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।घरबाट खसेर मृत्यु भएका चनारालाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।