|  

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु 

१० चैत, काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । 

सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । 

एक महिनासम्म उनीहरु ब्रत अर्थात रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४४ हो भने रमजानको नवौँ महिना हो । मुस्लिम क्यालेण्डरअनुसार आज बिहान ४ बजेर १० मिनेटदेखि बेलुकी ६ बजेर २० मिनेटसम्म उनीहरु पानी पनि खाँदैनन । एकाबिहानै र रात परेपछि मात्रै खाना खाने गर्छन । बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य छैन ।