|  

अनुमति बिना अध्ययन तथा अनुसन्धान गरिए कारबाही गर्ने त्रिविको चेतावनी

११ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) समन्वय महाशाखाले अनुमति बिना अध्ययन तथा अनुसन्धान गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । 

महाशाखाले एक सूचना जारी गर्दै विश्वविद्यालयको स्थायी सेवामा रहेका शिक्षक तथा कर्मचारीहरूले शैक्षिक उपाधि प्राप्त हुने गरी थप अध्ययन तथा अनुसन्धान कार्य गर्नुपरेमा शिक्षाध्यक्षको कार्यालयबाट अनिवार्यरूपमा पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट गरेको छ । पूर्वस्वीकृति प्राप्त नगरी अध्ययन गरेर उपाधि प्राप्त गरेको अवस्थामा उक्त उपाधिलाई मान्यता दिने सम्बन्धमा समस्या उत्पन्न हुने हुने सूचनामा उल्लेख छ ।  एक पटकका लागि महाशाखाले मापदण्ड पुगेका विश्वविद्यालयमा एमफिल र विद्यावारिधि तहमा अध्ययन गरिरहेका त्यस्ता शिक्षक कर्मचारीहरूले पूर्व स्वीकृति दिन मौका दिएको छ ।  ३० दिनभित्र तोकिए बमोजिम आवेदन दिएर स्वीकृति लिन महाशाखाले भनेको छ ।

साथै त्रिवि बाहिरका अन्य विश्वविद्यालयमा एमफिल तथा विद्यावारिधि तहका कक्षा लिन या शोध निर्देशकका रूपमा कार्य गर्नुपर्ने भएमा कार्यरत विभागरक्याम्पस वा कार्यालय र सम्बन्धित डीन कार्यालयको सिफारिससाथ अनुगमन निर्देशनालयको पूर्व स्वीकृति लिन पनि भनिएको छ । अन्यथा त्रिवि नियमानुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने सूचनामार्फत स्पष्ट गरिएको छ । 

null