|  

राहुल गान्धी लोकसभाको सदस्यता खारेज भएपछि पहिलो पटक मिडियामा 

११ चैत, काठमाडौं । कांग्रेस नेता राहुल गान्धी लोकसभाको सदस्यता खारेज भएपछि पहिलो पटक मिडियामा देखा परेका छन् । 

आज दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अदानी समूहसँगको सम्बन्धलाई लिएर फेरि एकपटक कडा प्रश्न उठाएका हुन् । पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री मोदी र व्यापारी अदानीबीचको सम्बन्धलाई लिएर आरोप लगाए । अदानी समूहका कम्पनीहरूबाट प्राप्त रकमको बारेमा पनि उनले प्रश्न उठाए ।

भारतीय स्वतन्त्रता सेनानी विनायक दामोदर सावेकरले स्वतन्त्र भारत अभियान सञ्चालन गरेका थिए । त्यही अभियोगमा जेल परेका उनले अँग्रेज सरकारसँग माफी मागेपछि जेलबाट छुटेका थिए । पत्रकार सम्मेलनकै क्रममा भावुक हुँदै राहुल रोएका पनि छन् । उनले बीजेपी समर्थक केही पत्रकारको नाम लिएर विरोध गर्दै भने, ‘पहिले मेरो काम गर। बीजेपीलाई समर्थन गर्छौ भने भाजपाको बिल्ला लगाएर आऊ र आफूलाई पत्रकार नभन ।’ पत्रकार सम्मेलनमा गान्धीले अदालतको निर्णयबारे कुनै पनि टिप्पणी गरेनन भने, ‘यो मुद्दा अदालतको हो र म यसबारे यहाँ कुरा गर्दिनँ ।’

जवाफमा बीजेपीले पनि पत्रकार सम्मेलन गरेर राहुल गान्धीले लगातार झुट बोलेको आरोप लगाएको छ । भाजपा नेता रविशंकर प्रसादले झुट बोल्नु राहुल गान्धीको स्वभाव भएको बताएका छन्। राहुलले सधैं भारतको अपमान गरेर विदेशमा अफवाह फैलाइरहेको आरोप लगाए।