|  

देशमा सरकार छ भन्ने प्रत्याभूति दिलाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

१३ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशमा सरकार छ भन्ने प्रत्याभूति दिलाउन अनुरोध गरेका छन् ।

‘मिटरब्याज’ नेपाली समाजमा रहेको शोषण, अपराध र विकृति भएको उल्लेख गर्दै थापाले त्यो समस्यालाई सधैंको लागि समाप्त पार्नुपर्ने बताएका छन । थापाले सामाजिक सञ्जालमा लेखेका छन, ‘मिटरब्याज नेपाली समाजमा रहेको शोषण, अपराध र विकृति हो। यो समस्यालाई सधैंको लागि समाप्त पार्नुपर्छ। मिटरब्याजी पीडितहरुको समस्याको स्थायी समाधान गरी देशमा सरकार छ भन्ने प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गर्दछु ।’