|  

यसैसाता स्वदेश फर्किने वर्षमान पुनको तयारी 

१३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम पूर्व मन्त्री वर्षमान पुन यसैसाता स्वदेश फर्किने तयारी गरेका छन ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनले यसै साता स्वदेश फर्किने तयारी गरेका हुन । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन । अहिले नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।