|  

अमेरिका लगायत पश्चिमा देशहरुले टिकटकमाथि कडा रवैया अपनाउँदै

१३ चैत, काठमाडौं । उत्तरी अमेरिका, युरोप र एसिया प्यासिफिकमा रहेका केही देशहरूले लोकप्रिय भिडियो सेयरिङ एप ‘टिकटक’ लाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाएका छन्। 

बहुचर्चित एप टिकटक पछिल्लो समय प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विवादका कारण पश्चिमा विश्वमा शंकाको सिकार बनिरहेको छ । प्रयोगकर्ताका डाटामाथि चिनिया सरकारको पहुँच तथा नियन्त्रण हुनसक्ने र त्यसले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकहरुले टिकटकमाथि कडा प्रतिबन्ध लगाइरहेका हुन् ।  चिनियाँ एप टिकटकमाथि भारतले लामो समयदेखि नै पूर्ण प्रतिबन्ध लगाएको छ भने अमेरिका हुँदै पछिल्लोपटक अन्यदेशहरुले पनि प्रतिबन्ध लगाएका छन् ।
टिकटकमा आंशिक वा पूर्ण प्रतिबन्ध लागू गर्नेमा भारत, क्यानडा, अफगानिस्तान, बेल्जियम, न्युजिल्याण्ड, डेनमार्क, नर्वे, पाकिस्तान, ताइवान, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका लगायतका देशहरु रहेका छन् ।