|  

सन्दीपविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ स्थगित 

१३ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा अन्तिम सुनुवाइ स्थगित भएको छ ।  

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिए पनि सन्दीपका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित भएको हो । पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेसी चढेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । 

गत शुक्रबार मात्र पीडितले सन्दीपविरुद्ध अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनु नपर्ने गरी फैसला गरेको थियो ।