|  

आज थप ६९ जनामा कोरोना पुष्टि

१३ चैत, काठमाडौं । आज थप ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २ सय ६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४ सय ८८ र एन्टीजेनबाट ७ सय ७८ नूमना परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा १ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको छ ।