|  

रंगकर्मीले अझै त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको सरोज खनालको टिप्पणी

१३ चैत, काठमाडौं । अभिनेता सरोज खनालले रंगकर्मीले अझै त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा अभिनेता खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भए पनि अझै रंगकर्मीले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताएका हुन् । उनले अझैसम्म पनि रंगकर्मीले श्रमिकको दर्जा दिइयोस भनेर राज्यसँग आवाज उठाउनु दुःखद रहेको बताए । अभिनेता खनालले सरकारले रंगकर्मीलाई बेवास्ता गरेको आरोप लगाए ।

सोही कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन । उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन ।