बुधवार १६ जेष्ठ, २०८२  | Wednesday 28 May, 2025 

साओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक

१४ चैत, काठमाडौं । साओमीले साओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

उत्कृष्ट तस्बिरहरूको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप  क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन स्लिम डिजाइन रहेको छ । साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले उचित मूल्यमा नवीनतम प्रविधिसहित नयाँ स्मार्टफोन ल्याउने  मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट नेपालमा सार्वजनिक गरेको बताए ।

साओमी १३ लाइटमा ५० मेगापिक्सेल ट्रिपल क्यामेरा सेटअप रहेको छ,जसमा मुख्य क्यामेरा रहेको IMX766 सेन्सर जडान गरिएको छ । फ्ल्यागशिप लेभल रियर क्यामेरा सेटअपको साथ फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश  गरिएको साओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम बनाउने कम्पनीको दावी छ । 

स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट  डिजाईन गरिएको छ । यसको ६।५५ इन्च कर्भ डिस्प्लेले साओमी १३ प्रो जस्तै प्रिमियम र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ। यसमा स्न्यापड्रयागन सेभेन जन वान प्रोसेसर प्रयोग गरिएको छ, जसले कार्यसम्पादनमा ३० प्रतिशत वृद्धि गर्नेछ । साओमी १३ लाइटमा ६७ वाट टर्बो चार्जिङ सपोर्ट गर्ने ४५०० एमएएचको ब्याट्री राखिएको छ ।  

यो फोन लाइट ब्लू र लाइट पिंक गरि दुई रंगसहित बजारमा उपलब्ध छ । ८ जीबी र्‍याम रहेको साओमीको १३ को स्टोरेज १२८ जीबी र २५६ जीबी गरी दुई भेरियन्टमा आएको छ । ८ं१२८जीबी र ८ं२५६ जीबी भेरियन्टको मूल्य क्रमशः ५४ हजार ९९९ र ५७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।