|  

साताको तेस्रो दिन आज सुनको भाउमा गिरावट

१४ चैत, काठमाडौं । साताको तेस्रो दिन आज सुनको भाउमा लगातार घटेको छ ।

आज मंगलबार सुनको भाउ १८ सय रुपैयाँले घट्न पुगेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, सोमबार छापावाल सुन १ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।