|  

नेपाल टेलिकम: जुनियर टेक्नेसियन पदको अन्तिम नतिजा प्रकाशित

१५ चैत, काठमाडौं । नेपाल टेलिकमले जुनियर टेक्नेसियन पदमा गरेको दरखास्त आह्वानअनुसार अन्तिम नतिजा प्रकाशित भएको छ ।

टेलिकमले लिखित र अन्तरवार्तामा प्राप्त गरेको अंकको आधारमा सफल उम्मेदवारको योग्यताक्रम अनुसार नामावली प्रकाशित गरेको हो । सफल उम्मेदवारलाई १५ दिनभित्र मानव संशाधन विभागमा सम्पर्क राख्न बुधबार प्रकाशित सूचनामार्फत सूचित गरिएको छ ।