|  

यस वर्षको एसईई चैत्र १७ गतेबाट सुरू हुँदै

१५ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) चैत्र १७ गतेबाट सुरू हुँदैछ।

परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५९१ जना परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा चैत्र २४ गतेसम्म चल्नेछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ ।

एसईई परीक्षामा बागमती प्रदेशबाट १ लाख १ हजार ७३३ विद्यार्थी सहभागी हुने बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौडाले जनाएको छ । बागमती प्रदेशका १३ वटा जिल्लामा ४३४ परीक्षा केन्द्र तोकिएका  छन् । जसमा सबैभन्दा काठमाडौंमा १२३ र सबैभन्दा कम रसुवामा ५ वटा परीक्षा केन्‍द्र तोकिएका छन् ।

परीक्षामा काठमाडौंबाट ३६ हजार ५७७, भक्तपुरबाट ५ हजार ८०५, ललितपुरबाट ९८९९, काभ्रेपलाञ्चोकबाट ६४३६, सिन्धुपाल्चोकबाट ३९८५,नुवाकोटबाट ४३००, रसुवाबाट ६२८,धादिङबाट ५३८६,मकवानपुरबाट ६३३३,चितवनबाट १०८५६,रामेछापबाट ३२२५,दोलखाबाट ३०६२ र सिन्धुलीबाट ५२४१ जना विद्यार्थी सहभागी हुँदैछन् ।

यस्तै केन्द्राध्यक्ष ३३४ ,सहायक केन्द्रध्यक्ष ७३७,निरीक्षक ५०८६,परीक्षा सहायक १०६४,कार्यालय सहयोगी २०५५ र सुरक्षाकर्मी गरी ६५ १० जना गरी १५ हजार ८८६ जना जनशक्ति खटिदैछन । प्रदेशभित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका पुर्‍याइ सकिएको र परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र पुगिसकेको शिक्षा विकास निर्देशनालयले जानकारी दिएको छ।