|  

स्वास्थ्य मन्त्रालयः कोरोनालाई रुघाखोकी भनेर ख्यालख्याल नगर्न सचेत 

१५ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ । 

कोरोनाको संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न भन्दै मन्त्रालयले दुवै रोगको लक्षण मिल्दोजुल्दो हुने भएकाले सतर्क रहन भनेको हो । कोरोनालाई रुघाखोकी भनेर ख्यालख्याल नगर्न मन्त्रालयले सचेत गराएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, गन्ध थाहा नहुने, नाकबाट सिंगान बग्ने, टाउको दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिएमा तत्काल कोरोना परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ । 

त्यस्तै, कोरोनाको जोखिमबाट बच्नका लागि सम्पूर्ण जनस्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । सही तरिकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न, बेलाबेलामा साबुनपानीले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा कुहिनाको प्रयोग गर्न, हावा आवजजावत हुने स्थानमा बस्न र कोरोनाविरुद्धको खोप लगाउन पनि मन्त्रालयले भनेको छ ।  पछिल्लो केही दिनयता मुलुकमा कोरोना संक्रमणदर बढेको छ । अस्ति ६९ र हिजो २४ जना संक्रमित भेटिएका छन् ।