|  

कोशी प्रदेशका शिक्षक बढुवा

१६ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा निम्न माध्यमिक र प्राथमिक तह द्धितीय श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । 

शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कोशी प्रदेश धनकुटाको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो । बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।

बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।