|  

एसइई भोलिबाट सुरु

१६ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिबाट सुरु हुँदै छ। 

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।

सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । यस वर्ष ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू परीक्षामा सहभागी हुने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यो वर्ष देशभरबाट ५५ जना दृष्टिविहीन, ५० जना कारागार तथा बालसुधार गृहमा रहेका विद्यार्थीले एसईई दिन लागेका छन् ।

टाढा रहेका कतिपय विद्यार्थीहरू तोकिएका परीक्षा केन्द्र गएका छन् ।