|  

आज नेप्सेमा दोहोरो अंकको गिरावट

१६ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से १०.८७ अंकले घटेर १९०८.५५ को विन्दुमा पुगेको छ । आज २५४ कम्पनीको २७ लाख ५० हजार ६ सय ५५ कित्ता सेयर ८९ करोड ९५ लाख ३२ हजार १ सय ३९ रुपैयाँमा कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ३५९.४८ कायम भएको छ ।

यसदिन १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटाको घटेको छ । आज होटल तथा पर्यटन समूहको समूहगत सूचक ०.५० र म्युचअल फन्ड समूहको ०.४२ प्रतिशतले बढेको छ । अन्य उपसमूहको समूहगत सूतक सर्वाधिक १.११ प्रतिशतले घटेको छ ।

आज सुपरमाई हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५७२.४० रुपैयाँ कायम भएको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सार्वधिक ६.०७ प्रतिशतले घटेको छ ।