|  

नयाँ फाइभजी मोबाइल ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ सार्वजनिक

१६ चैत, काठमाडौं । सामसङले नेपाली बजारमा २ वटा नयाँ फाइभजी मोबाइल ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ सार्वजनिक गरेको छ ।

लोकप्रिय ए-सिरिजका यी २ नयाँ फोनको क्यामेरा, पर्फर्मेन्स, उत्कृष्ट बनावट, अनुभूति र टिकाउपनाले प्रयोगकर्तालाई विशेष अनुभव गराउने कम्पनीको विश्वास छ । ग्यालेक्सी ए ५४ कालो, हरियो र बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए ३४ पनि कालो, हरियो र सिल्भर गरी तीन रङ्गहरुमा उपलब्ध छ । 

यी मोबाइलहरु ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने कम्पनीको दाबी छ । मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएको कम्पनीको भनाइ छ । ग्यालेक्सी ए ५४ मा ५० एमपी ओआईएस प्राइमरी लेन्ससहित १२ एमपीको अल्ट्रा वाइड लेन्स छ भने ए ३४ मा ४८ एमपी ओआईएस प्राइमरी लेन्स र आठ एमपीको अल्ट्रा वाइड लेन्स रहेको छ ।

५ हजार एमएएच ब्याट्री जडित ग्यालेक्सी ए ५४ र ग्यालेक्सी ए ३४ को चार्ज दुई दिन टिकाउने कम्पनीको भनाइ छ । ग्यालेक्सी ए ५४ फाइभजी र ग्यालेक्सी ए ३४ फाइभजी दुईवटा मेमोरी भेरियन्टमा उपलब्ध छ । जसमध्ये ग्यालेक्सी ए५४ फाइभजीको आठ जीबी ‍¥याम र १२८ जीबी स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ भने ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज क्षमता भएको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै, ए३४ फाइभजीको आठ जीबी ¥याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत् एक टेराबाइटसम्मको मेमोरी बढाउन सकिनेछ ।