|  

तीन अभिनेता अनमोल, सलोन र हरिहरको आज जन्मदिन

१६ चैत, काठमाडौं । नेपाली तीन अभिनेता अनमोल केसी, सलोन बस्नेत र हरिहर अधिकारीको आज एकैदिन जन्मदिन परेको छ ।

चलचित्र ‘होस्टेल’ बाट अभिनय यात्रा सुरु गरेका अनमोल र सलोन मिल्ने साथी हुन । एकै चलचित्रबाट उदाएका यी दुई नायकबीच ३ वर्षको उमेर अन्तर छ । अनमोल आजबाट २९ पुगेका छन् भने सलोन ३२ वर्षमा प्रवेश गरेका छन् ।

यस्तै यता आफ्नै होम प्रोडक्सनबाट चलचित्र निर्माण गर्नमा व्यस्त नायक हरिहर पनि आजबाट ३२ वर्षमा टेकेका छन । अभिनेत्री नीताका पति हरिहर पेशाले ज्योतिष हुन । उनी हाल नीता ब्यानर्सबाट निर्माण भइरहेको चलचित्र ‘ह्रस्व दीर्घ’ मा व्यस्त छन् ।