|  

एलएलबी तेस्रो वर्षको मौखिक छुट परीक्षा चैत २८ गते हुने

१६ चैत, काठमाडौं । नेपाल ल क्याम्पसले एलएलबी तेस्रो वर्षको इन्टर्नसीप विषयको मौखिक परीक्षामा छुटेका विद्यार्थीको लागि चैत २८ गते लिने भएको छ ।

कलेजले तेस्रो वर्षमा अध्यापन गराइने अनिवार्य विषय इन्टर्नशीप प्रस्ताव बुझाई सकेका र इन्टर्नशीप तयार गरी मौखिक परीक्षामा उपस्थित हुन नसकेकाहरुको लागि मात्र चैत २८ गते छुट मौखिक परीक्षा लिने सूचना जारी गरेको छ । चैत २८ गते बिहान साढे सात बजेदेखि १० बजेसम्म हुने कलेजले जनाएको छ । मौखिक परीक्षामा सामेल हुने परीक्षार्थीहरुले मौखिक परीक्षाको अगाडी नै आफ्नो निरीक्षकको हस्ताक्षर गराई मौखिक परीक्षाको समयमा इन्टर्नशीप एक प्रति र एलएलबी तह तेस्रो वर्षको प्रवेशपत्र सहित उपस्थित हुन क्याम्पसले सुचित गरेको छ ।

निर्धारित समयमा अनुपस्थित हुने र निक्षिकको हस्ताक्षर नगराई मौखिक परीक्षामा आउने परीक्षार्थीहरु मौखिक परीक्षामा सामेल हुन नसक्ने सुचनामा उल्लेख गरिएको छ ।