|  

वैशाख ६ र ७ गते भिटामिन तथा जुकाको औषधि खुवाइने

१६ चैत, काठमाडौं । बालबालिकाहरुलाई भिटामिन तथा जुकाको औषधि खुवाइने भएको छ ।

सरकारले एक कार्यक्रममार्फत यही वैशाख ६ र ७ गते औषधि खुवाउने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल खुवाउन लागिएको बताए । 

त्यसैगरी १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि आम वितरण अभियान पनि सञ्चालन गर्नेछ । औषधि खुवाउनका लागि अभिभावकहरुले नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वंयसेविकाहरुसँग सम्पर्क गर्न सक्नेछन ।