|  

बिहान ८ बजेदेखि एसईई परीक्षा जारी, ११ बजे सकिने

१७ चैत, काठमाडौं । आजदेखि शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । 

२ हजार ३७ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ एसईई परीक्षा जारी छ  । यो वर्ष ७ हजार २ सय ६५ सामुदायिक विद्यालयका र ४ हजार ५ सय ६४ संस्थागत विद्यालयका गरी कूल ५ लाख १६ हजार ५ सय ९१ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । छात्र २ लाख ६० हजार ६ सय ७४ र छात्रा २ लाख ५५ हजार ९ सय १७ जना गरी कूल ५ लाख १६ हजार ५सय ९१ जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।

त्यसैगरी प्राविधिक धारका १५ हजार ४ सय ६१ र दृष्टि विहिन विद्यार्थी ५० जना सहभागी हुने भएका छन् । बिहान ८ बजेबाट सुरू भएको परीक्षा ११ बजे सकिनेछ ।