१७ चैत, काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले सन २००२ मा आएको फिल्म ‘बाबा’ पछि दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा आफ्नो करिअर ओरालो लागेको बताएकी छन् ।
एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा उनले रजनीकान्तसँगको फिल्म बाबा फ्लप भएपछि दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा आफ्नो करियर समाप्त भएको प्रतिक्रिया दिएकी हुन । एक्शन थ्रिलर ड्रामा उक्त फिल्ममा मनिषाले मुख्य भूमिका निभाएकी थिइन ।
मनिषाले थपिन, ‘बाबा रिलिज हुनुअघि साउथका धेरै फिल्म गरिरहेकी थिएँ तर बाबाको बक्स अफिस संकटपछि मलाई फिल्मको अफर कम आउन थाल्यो । बिस्तारै अफर आउन बन्द भयो ।’ तर,‘बाबा’ बक्स अफिसमा पुनः रिलिज गरिएपछि भने हिट भएको थियो ।