१७ चैत, काठमाडौं । आज सुनको भाउ पुनः उकालो लागेको छ ।
छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १ हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । फागुन ५ गते सुनको हालसम्मकै उच्च विन्दु प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।