|  

अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा रहँदैनः मन्त्री श्रेष्ठ

१७ चैत, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने दाबी गरेका छन् ।

फ्लोरिकल्चर एसोसियसनद्वारा आज आयोजित २४ औँ फ्लोरा एक्स्पोको शुभारम्भ गर्दै उनले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको र यसका लागि सरकारले गृहकार्य थालिसकेको जानकारी दिए । अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेको भन्दै उनले त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको उत्तिकै भूमिका रहने उल्लेख गरे ।

मन्त्री श्रेष्ठले भने, “तीन खम्बे अर्थ नीतिअनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार छ । अहिलेको आर्थिक समस्यालाई सरकारले निजी क्षेत्रको मात्र समस्याका रुपमा लिएको छैन । यो समग्र देशकै समस्या हो । यसलाई सबैले मिलेरै समाधान गनुपर्छ ।”