|  

परराष्ट्र मन्त्रालयका सचिव पौडेल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता 

१७ चैत, काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।

राजदूत सोङ आज बिहान १० बजे सिंहदरवार पुगेर परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गरेको स्रोतले बताएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको छ । उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र स्रोतले जनाएको छ ।

निकट भविष्यमा दुई देशबीच उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको र सोबारेमा छलफल गर्न उनीहरूबीच भेट भएको स्रोतको दाबी छ । चिनियाँ राजदूत सोङ पछिल्लो समय राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त छन्। उनले बिहीबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए ।

चीनले बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा दिए पनि आन्तरिक कारण देखाउँदै प्रचण्ड उक्त सम्मेलनमा सहभागी भएनन ।