|  

चितवन २ मा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने 

१७ चैत, काठमाडौं । वैशाख १० गते हुने उपचुनावमा चितवन २ मा एमालेले पार्टी जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाउने भएको छ ।

न्यौपानेको नाम सर्वसम्मह रुपमा क्षेत्रीय र जिल्ला कमिटिले केन्द्रमा सिफारिस गरेको छ । चिवतनका एमाले एक नेताका अनुसार केन्द्रले पनि उनलै टिकट दिने निश्चित भएको छ । ती नेताले भने, ‘केन्द्रको चाहना अनुसार नै हामीले सर्वसहमत सिफारिस गरेका हौँ ।’

मंसिर ४ मा भएको चुनावमा त्यहाँबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि उपचुनाव हुन लागेको हो। लामिछाने फेरि त्यहाँ चुनाव उठ्ने तयारीमा छन् ।

सत्ता गठबन्धनको उम्मेदवारका रुपमा कांग्रेसका जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठलाई उठाउने भएको छ ।