|  

व्यवसायीको आत्मबल बढाएर काम गर्ने नवनियुक्त अर्थमन्त्री महतको आश्वासन

१७ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीको आत्मबल बढाएर काम गर्ने बताएका छन् । 

आज उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै प्राथमिकता हेरेर आफ्नो कामलाई अगाडि बढाउने बताए । करदातालाई करको बोझ बढाएर भन्दा दायरा बढाएर अर्थतन्त्र सवल बनाउने उनले बताए । मन्त्री महतले देशमा रोजगारी सृजना गर्न आफ्नो प्राथमिकता हुने बताए । विदेशी लगानीकर्ताको मन जितेर काम गर्ने पनि उनले प्रतिवद्धता जनाए । यसका लागि सबैले साथ दिनुपर्ने उनको भनाइ छ । 

पुँजीगत खर्च कम भएको भन्दै अर्थतन्त्र सुधार हुन पुँजीगत खर्च बढ्नुपर्ने पनि उनको भनाइ छ । अर्थतन्त्र सुधारका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।