|  

नुवाकोटमा टाटासुमो दुर्घटनाः २ जनाको मृत्यु, १० जना घाइते

१७ चैत, काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ सानोगोल्फुमा आज टाटा सुमो दुर्घटनामा परेको छ ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा दुप्चेश्वर-४ की १६ वर्षीया मनमाया तामाङ र सोही स्थानका २४ वर्षीय छिरिङ तामाङ रहेका छन् । ११ जना यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटा सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेको उद्धार गरी खरानीटार अस्पताल तथा काठमाडौंतर्फ लगिएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा टाटा सुमोका चालक दुप्चेश्वर ४ कै ३० वर्षीय लाक्पा तामाङ गम्भीर घाइते भएका छन्।