|  

प्रधानमन्त्री थ्री नेसन्स कपः फाइनलको पहिलो हाफ बराबरीमा 

१७ चैत, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र लाओसले प्रतिस्पर्धा गरिरहेको खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको हो । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर प्राप्त गर्ने छन् ।