|  

आईपीएलको १६ औं संस्करणमा गुजरात टाइटन्सको विजयी सुरुआत

१८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करणमा गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ। 

साविक विजेतासमेत रहेको गुजरातले शुक्रबार राती चारपटकसम्मको विजेता चेन्नाई सुपरकिंग्सलाई ५ विकेटले पराजित गर्दै लिगमा सुखद सुरुआत गरेको हो । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा चेन्नाईले दिएको १७९ रनको लक्ष्य गुजरातले १९।२ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको थियो । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रनको योगफल तयार गरेको थियो । जितसँगै गुजरातले दुई अंक पाएको छ ।