|  

अमेरिकाको दक्षिणी राज्य अर्कान्सासमा आँधीः ३ जनाको मृत्यु, दर्जनौँ घाइते 

१८ चैत, काठमाडौं । अमेरिकाको दक्षिणी राज्य अर्कान्सासमा शुक्रबार आएको विनाशकारी आँधीका कारण ३ जनाको ज्यान गएको छ । भने दर्जनौं घाइते भएका छन् ।

ठूलो क्षति भएको आँधीबाट उत्तरपूर्वी इलिनोइस, उत्तरपश्चिम इन्डियाना, दक्षिणी विस्कॉन्सिन, र लेक मिशिगनका २ करोड ८० लाख मानिस प्रभावित भएको बताइएको छ । प्रभावित क्षेत्रमा १ सय १० किलोमिटरभन्दा बढि हावाको गति र ठूलो असिना पर्न सक्ने खतरा छ । आँधीका कारण अर्कान्सासमा विद्युत आपूर्ति ठप्प हुुँदा प्रदेशका ९३ हजार जनता अन्धकारमा बस्न बाध्य भएका छन् ।