|  

रास्वपाका सभापति लामिछानेसहित ३ जनाले आज पत्रकार सम्मेलन गर्दै

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जनाले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उपनिर्वाचनमा उठ्न लागेका लामिछानेसहित स्वर्णिम वाग्ले र रमेश खरेलले आज अपराह्न ४ बजे पार्टी कार्यालय बसुन्धरामा संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । लामिछाने आफ्नो पुरानै निर्वाचन क्षेत्र चितवन-२ मा उठ्दै छन । वाग्लेलाई तनहुँ-१  र खरेललाई बारा–१ मा उठाउने रास्वपाको तयारी छ।