|  

धरधरी रुँदै मिटरब्याज पीडितले मागे प्रधानमन्त्री प्रचण्डसँग न्याय 

१८ चैत, काठमाडौं । काठमाडौंमा न्यायका लागि १७ दिनदेखि संघर्षरत मिटरब्याज पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर न्याय मागेका छन ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग सामूहिक भेट गर्दै उनीहरूले धरधरी रुँदै न्याय मागेका हुन । उनीहरुले भक्कानिँदै भने, ‘हामीलाई घरबाट निकाले, छोराछोरी पढ्न पाएनन । आफ्नै घरमा भाडामा बस्नु परेको छ, प्रधानमन्त्रीज्यू बाँच्ने वातावरण बनाइदिनुस ।’

सिराह मिर्चैयाकी बालिका गरिमा राईले २ लाख रुपैयाँको ब्याज ३५ लाख पुर्‍याएको सुनाइन । सुजाता साह नामक पीडकले आफूहरुलाई मार्छु भनेर धम्की दिएकफ र पढाइ छाडेको गुसानो प्रधानमन्त्रीसँग पोखिन । उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन, ‘म ६ महिनादेखि स्कुल छोडेर बसेको छु, गाउँघरका थानाले हामीलाई सुरक्षा दिएन । त्यो किन राखेको ? ।’

एकपछि अर्का पीडित आफ्नो गुनासो प्रधानमन्त्रीलाई सुनाउँदै गर्दा प्रधानमन्त्रीका अगाडि बसेका अन्य पीडितहरु आँसु पछिरहेका थिए । पीडितको गुनासो सुनेपछि प्रधानमन्त्रीले सम्बोधन सुरु गरेका छन् ।