पौष २७,काठमाडौ-गोरखाका पाँच स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
२९९ औँ पृथ्वी जयन्तीको अवसरमा स्थानीय तहहरुले आज सार्वजनिक बिदा दिएका हुन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि आज गोरखा संग्रालयमा हुने कार्यक्रममा सहभागी हुन गोरखा जाने कार्यक्रम रहेको छ ।