|  

सर्वोच्चका न्यायाधीशहरुलाई नभेटेको प्रधानमन्त्रीको दावी

३ माघ, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको दावी गरेका छन् । 

शनिबार काठमाडौंको तिनकुनेस्थित रोयल बैंक्वेटमा आयोजित् आफु पक्षिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको दावी गरेका हुन् ।

ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’ प्रधानमन्त्री ओलीले न्यायधीश सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको र अन्य अरुलाई नभेटेको नदेखेको बताएका हुन् ।