|  

भोलि सार्वजनिक हुँदै आईफोन १५

२५ भदौ, काठमाडौं ।  मंगलबार एप्पल इभेन्ट हुँदैछ । एप्पलले आफ्ना महत्त्वपूर्ण प्रडक्ट तथा सेवाहरू सार्वजनिक गर्ने यो दिनलाई प्रविधिको क्षेत्रमा महत्त्वका साथ हेरिएको छ ।

यसपटक सार्वजनिक हुने आईफोन १५ लाइनअपमा यूएसबी–सी चार्जिङ हुने भनिएको छ ।विश्वव्यापी रूपमा एउटै किसिमको चार्जर बनाउने अभियानमा एप्पल पनि सामेल हुँदैछ । यससँगै एप्पल इकोसिस्टम र अन्य इलेक्ट्रोनिक डिभाइसमा एउटै किसिमको चार्जर हुनुलाई महत्त्वपूर्ण परिवर्तनका रूपमा विश्लेषण गरिएको छ ।

युरोपेली संंघबाट स्मार्टफोन, ट्याब्लेट, डिजिटल क्यामेरा, पोर्टेबल स्पिकर लगायत अन्य डिभाइसमा सन् २०२४ भित्र यूएसबी–सी लागू गर्ने नीति पारित भएको एक वर्ष नबित्दै एप्पल आईफोनका लागि युनिभर्सल चार्जिङ सिस्टम तयार पार्न लागेको हो ।विशेषगरी उपभोक्ताले हरेक नयाँ डिभाइस खरिद गर्दा नयाँ केबल र चार्जर खरिद गर्नुपर्ने बाध्यता छ ।

यस्तो हुँदा विद्युतीय फोहोर बढ्दै गएको र उपभोक्तालाई पनि आर्थिक भार बढी परेको समस्यालाई मध्यनजर गर्दै युरोपेली संघले यूएसबी(सीलाई युनिभर्सल चार्जिङ सिस्टम बनाउने नीति ल्याएको थियो ।