|  

कावासोतीमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२५ भदौ, काठमाडौं । नवलपुरको कावासोती १० स्थित रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको विस्तार ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो । विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा, स्टेस्नरी सामग्री, व्याटमिन्टन, भलिबल, फुटबल, बास्केट बल, केरमवोर्ड, हाईजिनीक प्याक, लगायतका सामग्रीहरू वितरण गरिएको थियो । 
विद्यालयमा आउने अधिकांश बालबालिकामा किताबी ज्ञानले मात्र पर्याप्त नहुने हुनाले खेलकुदकामार्फत पनि आफूलाई अगाडी बढाउन आवश्यक रहेको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । 

यस्तै, चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले खेलकुद र शैक्षिक सामग्रीहरू वितरण गरेर विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न विद्यालय व्यवस्थापनका अध्यक्ष नारायण प्रसाद तिमिल्सेनाले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन आयोजनाका प्रोजेक्ट म्यानेजर इन्जिनियर राकेश झाले बताए । 

यसअघि पनि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन चोर विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिसकेको छ ।

यसैगरी, चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले जनता माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक तथा बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भरतपुर क्यान्सर अस्पतालका डाक्टर तथा प्राविधिकहरूको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रेष्ठले बताउनुभयो । मुटुरोग सहितको निःशुल्क स्वास्थ्य परीक्षणबाट ६० जना शिक्षक र विद्यार्थी लाभान्वित भएका छन् ।