|  

रवि,रमेश प्रसाई,पत्रकार रेग्मी पाथिभरा माताको दर्शनगर्न हिडेरै पुगे (भिडियो सहित)

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, केद्रिय सदस्य रमेश प्रसाई, पत्रकार सन्जिब रेग्मीले हिडेर ताप्लेजुङमा अवस्थीत पाथिभरा माताको दर्शन गरेका छन् । 

पाथीभरा देवीको मन्दिर नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थल मध्येको एक हो । 

नेपालको पहिलो घामको झुल्को पर्ने जिल्लाको रुपमा परिचित यो सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ।

पाथिभरा माताको मन्दिर पहाडी क्षेत्र बढी अर्थात उकालो भागमा अवस्थित छ । पाथीभरा माताको मूल थान मेची अञ्चलको ताप्लेजुङ जिल्लामा पर्दछ । 

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किमिको दूरीमा भए तापनि उच्च पहाडी भेग भएकाले लगभग सजिलै २ दिनको हिँडाइमा पुगिन्छ । माताको मन्दिर समुद्र सतहबाट ३७९४ मिटर अर्थात् १२ हजार ४४४ फुटको उचाइमा अवस्थित छ । 

भिडियो :