|  

टेलिकमले ल्यायो तीजको अवसरमा टिकटक च्यालेन्ज

२६ भदौ, काठमाडौं । नेपाल टेलिकमले तीजको अवसरमा टिकटक च्यालेन्ज ल्याएको छ ।

नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्जमा अन्तर्गत नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । यो योजना भदौ २४ देखि असोज ७ गते सम्म लागु हुनेछ । उत्कृष्टलाई नगर पुरस्कारको समेत व्यवस्था गरिएको छ । 

भिडियो बनाउँदा नेपाल टेलिकमलाई ट्याग गर्नुपर्ने छ भने ह्यासट्याग समेत राख्नुपर्नेछ । च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु। ५०० को टपअप प्रदान गरिने छ ।